Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

प्रलेसमा विद्रोहीको प्रवेश

प्रलेसमा विद्रोहीको प्रवेश

  • काठमाडौँ । प्रगतिशील लेखक सङ्घ, काठमाडौँ जिल्ला शाखाको शनिबार सम्पन्न पाँचौँ अधिवेशनले ज्ञानु विद्रोहीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

    images
    images
    images

    समितिको उपाध्यक्षमा भक्त विक र सुमिता भट्टराई, सचिवमा सुधा मैनाली, सहसचिवमा समष्टि बुढामगर र कोषाध्यक्षमा केशव भट्टराई चयन भएका छन् ।  

    यसैगरी सदस्यहरुमा मेस्मा पुन, धु्रव बस्याल, रामचन्द्र खतिवडा, जीवनप्रकाश उपाध्याय, राजेन्द्र पन्त ‘तारकिणी’, अनिता यात्री, जय गौडेल, रुपेश अधिकारी, राजेन्द्र घिमिरे, रमेश खतिवडा, पवनकुमारी न्यौपाने र शिवकुमार श्रेष्ठ चयन भएका छन् ।  

    केन्द्रीय अध्यक्ष डा.जीवेन्द्रदेव गिरीले शुभारम्भ गरेको अधिवेशनको बन्दसत्र सञ्चालनका लागि केन्द्रीय उपमहासचिव आरसी न्यौपानेको अध्यक्षतामा अध्यक्षम मण्डल गठन गरिएको थियो । 

    प्रलेसको १२ औँ राष्ट्रिय महाधिवेशन यही चैत २५ र २६ गते काठमाडौँमा हुँदैछ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij