
Apr 30 2025 | २०८२, वैशाख १७ गते
कामाठडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकार जल संरक्षण र सम्वर्द्धनमा पर्याप्त सचेत रहेको बताएकी छन् ।
विश्व पानी दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार जल संरक्षण र सम्वर्द्धनमा पर्याप्त सचेत रहेको बताएकी हुन् ।
मन्त्री भुसालका अनुसार जलस्रोत ऐनको मस्यौदालाई संसदमा पेश गर्ने सरकारको तयारी रहेको छ । उनले राष्ट्रिय जलस्रोत नीति–२०७७ लाई कार्यान्वयन गर्नका लागि आवश्यक कानुन बनाउन सो मस्यौदालाई अन्तिम रुप लिई संसदमा पेश गर्ने तयारी गरिएको र छिट्टै सो मस्यौदालाई क्याबिनेटमा पेश गरी संसदमा दर्ता गर्ने योजना रहेको जानकारि दिइन् ।
उनले भूमिगत जलश्रोतको संरक्षण हुने गरी तय गरिएको नीति र कार्यक्रमको कार्यान्वयन गनका लागि आम नागरिकहरुको सचेतनामा समेत ख्याल पु–याउनु पर्ने बताउँदै, उनले भनिन्, जल संरक्षण र सम्वर्द्धनमा हामी पर्याप्त सचेत पनि छौं । आजको आवश्यक्ता सो अनुकूलको कार्यान्वयन र आम मानिसको यसप्रति सचेतना नै हो ।’
साथै, उनले १५ औं आवधिक योजनाको जलस्रोत क्षेत्रको अपेक्षित उपलब्धिको रुपमा राखिएको र जल तथा ऊर्जा आयोगबाट एकीकृत नदी बेसिन योजना समेत सम्पन्न हुने क्रममा रहेको जानकारि गराइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij