Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

‘वानीरा पुरस्कार’ रिजाल र शेरचनलाई

‘वानीरा पुरस्कार’ रिजाल र शेरचनलाई

  • काठमाडौँ । नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि काव्यसाधनामा निरन्तर समर्पित रहँदै विशेष गरेर नेपाली कविताको संवर्धनमा अति विशिष्ट योगदान दिनुहुने सुप्रसिद्ध साहित्यकार कालीप्रसाद रिजाललाई ‘वानीरा प्रज्ञापुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ । 
     
    नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीका स्मृतिमा स्थापित ‘वानीरा प्रज्ञापुरस्कार’को राशि एक लाख रुपियाँ रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    यस्तै, नेपाली भाषामार्फत साहित्य साधनामा निरन्तर समर्पित रहँदै मुख्यतः नेपाली कविताको विकासमा विशिष्ट योगदान गर्नुहुने मुक्तक सम्राज्ञी श्रीमती उषा शेरचनलाई पचास हजार रुपियाँ राशि सहित ‘वानीरा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

    AGNI GROUP

    डा.वानीरा गिरीको ७९ औँ जयन्तीका अवसरमा आगामी वैशाख २० गते काठमाडौँमा वानीरा फाउन्डेसन भवनको उद्घाटन हुने भएको छ । सोही अवसरमा वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशीबाट यी दुवै पुरस्कार समर्पण हुनेछन् । 

    वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई.शङ्कर गिरीको उपस्थितिमा फाउन्डेसनको अध्यक्ष साहित्यकार इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको वानीरा फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको कार्यक्रम संयोजक भगवती बस्नेतले जानकारी दिनुभयो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij