
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । सुनाकोठीबाट हराएको ऐतिहासिक बालकुमारी मूर्ति फेला परेको छ । बालकुमारी मुर्ति हात्तीवनको कात्तिक तारमा फेला परेको बताइएको छ । बिहानपख एकजना आमाले मुर्ति देखेपछि प्रहरीमा जानकारी गराएको प्रत्यक्षदर्शीको भनाईलाई उद्दत गर्दै प्रदेश सांसद राजकाजी महर्जनले अनलाइन पत्रिकालाई जानकारी दिए ।
बालकुमारी मूर्ति माघ ९ गते आइतबार हराएको थियो । मुर्ति फेलापरेपछि प्रमुख जिल्ला अधिकारी घनश्याम पोखरेल र प्रहरी परिसर ललितपुर प्रमुख एसएसपी यज्ञविनोद पोखरेल मुर्ति फेला परेको ठाउँमा पुगिसकेका छन् ।
चाँदीको गरगहना र केही मालाहरु अझै पनि फेला पर्न सकेको छैन ।
मुर्ति चोरिएपछि मुर्ति खोज्न ललितपुर प्रहरी परिसरका डिएसपी दिपक भारतीको संयोजकत्वमा विशेष अनुसन्धान टोली गठन गरिएको थियो ।
त्यस्तै, उर्जा मन्त्री पम्फा भुसालले सामाजिक संजालमार्फत मुर्ति फेला पार्न सफल भएकोमा नेपाल प्रहरीलाई धन्यवाद दिएकी छन् ।
यो पनि पढ्नुस् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij