Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

नेकपा केन्द्रीय कमिटी बैठक जारीः गौतम र थापा दुवै बैठकमा अनुपस्थित

नेकपा केन्द्रीय कमिटी बैठक जारीः गौतम र थापा दुवै बैठकमा अनुपस्थित

  • काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको बैठक जारी रहेको छ ।  नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  नेता माधवकुमार नेपाल पक्षको बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा  चलिरहेको छ । 

    images
    images
    images

     बैठकमा वरिष्ठ नेता झलनाथ खनाल,  नेता नेपाल र  पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बोलिसक्नुभएको र अध्यक्ष दाहालले बोल्दै हुनुहुन्छ ।  आजको दुवै बैठकमा उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा उपस्थित हुनुभएको छैन । प्रतिनिधिसभा विघटन भएपछि नेकपाका दुई समूहले आज छुट्टाछुट्टै केन्द्रीय कमिटी आह्वान गरेका छन् । यसअघि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आज बिहान बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बोलाउनुभएको थियो । तत्कालीन नेकपा (एमाले)र नेकपा (माओवादी केन्द्र)बीच एकता भई २०७५ जेठ ३ गते नेकपा गठन भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij