Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काठमाडौंमा पानी बोक्ने २८ गाडीको अनुगमन

काठमाडौंमा पानी बोक्ने २८ गाडीको अनुगमन

  • काठमाडौं । सहरबासीलाई पिउने पानीको आवश्यकता पूरा गराउन प्रशोधित पानीको सेवा दिने व्यवसायीका २८ वटा सवारी साधनको अनुगमन गर्दा ४४ वटा जार मापदण्ड विपरीत भेटिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौँ महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले आज गोङ्गबु बसपार्क क्षेत्रमा गरेको अनुगमनका क्रममा कुच्चिएका, फुटेका र अपारदर्शी जार भेट्टाइएको हो । यी जारहरु जफत गरियो । जफत जारहरु नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा लगाइएको छ ।

    AGNI GROUP

    पानी बोक्ने सवारी साधनको अनुगमनका विभिन्न कम्पनीका जार भेटिएको थियो । अनुगमनका क्रममा त्रुटि पाइएका पानी उत्पादक कम्पनीहरुलाई मापदण्ड विपरीत प्रशोधित पिउने पानीको जार बिक्री वितरण नगर्न, जारमा स्पष्ट विवरण खुलेको लेबल राख्न, कम्पनीले जारी गरेको बिल बिजक गाडीमै लिएर हिँड्न निर्देशन दिइएको छ ।

    यो निर्देशनसँगै पानीजन्य संक्रमणबाट जनस्वास्थ्यमा आउन सक्ने खराव अवस्था हुन नदिन संवेदशील रहन आग्रह समेत गरिएको छ । बर्खामा पानीजन्य जोखिम घटाउन पिउने पानी उत्पादन, ढुवानी तथा वितरण प्रणालीको महानगरपालिकाले आजदेखि अनुगमन सुरु गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट