Logo

Jul 01 2025 | २०८२, असार १७ गते

Jul 01 2025 | २०८२, असार १७ गते

लक्ष्मी स्टिलले ९ महिनामा गर्‍यो करिब ७ अर्बको कारोबार

लक्ष्मी स्टिलले ९ महिनामा गर्‍यो करिब ७ अर्बको कारोबार

  • काठमाडौं । लक्ष्मी स्टिलले चालु आर्थिक वर्षको ९ महिनामा करिब ७ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले चालु आवको ९ महिनाको अवधिमा ६ अर्ब ८१ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

    images
    images
    images

    कम्पनीले सन् २०२४ मा ८ अर्ब ५ करोड ३० लाख रुपैयाँ, सन् २०२३ मा ९ अर्ब ४४ करोड ४० लाख रुपैयाँ र सन् २०२२ मा ८ अर्ब ५४ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।

    images

    सौरभ ग्रुपद्वारा सञ्चालित कम्पनी सन् २००८ मा स्थापना गरेको थियो । सन् २०२२ मा पब्लिक कम्पनीको रुपमा परिणत गरेको कम्पनीले विलेट, डण्डी र तार उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।
    कम्पनीले सन् २०२५ मा गरेको व्यापारमध्ये ९२ प्रतिशत हिस्सा डण्डीबाट भएको उल्लेख गरेको छ ।

    वार्षिक १ लाख ५० हजार मेट्रिक टन डण्डी र १ लाख ८० हजार मेट्रिक टन विलेट उत्पादन क्षमता कम्पनीसँग छ । कम्पनीले टिकाराम अल्पकालीन कर्जाका लागि ३ अर्ब ७७ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीको अध्यक्ष टिकाराम न्यौपाने हुन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij