Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दै

संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दै

  • काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको छ । बैठकले प्रधानन्यायाधीशका लागि सिफारिस हरिकृष्ण कार्कीविरुद्धका उजुरीको अध्ययन गर्नेछ ।

    images
    images
    images

    सुनुवाइ समितिमा कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन् । प्राप्त उजुरीबारे समितिका सदस्यहरूलाई आजको बैठकमा जानकारी गराइने छ । समितिको जेठ १६ गतेको बैठकले कार्कीविरुद्ध उजुरीका लागि जेठ २६ गतेसम्मको समय दिएको थियो ।

    images

    उजुरीबारे प्रारम्भिक छलफलपछि समितिले उजुरीकर्तालाई बोलाउनुको साथै कार्कीसँग बयान हुनेछ । कार्कीको बयान पछि सिफारिस सदर वा बदर गर्ने भन्नेबारे समितिले निर्णय लिनेछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij