
Jun 07 2025 | २०८२, जेठ २४ गते
काठमाडौं । जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसँगै तत्कालीन इन्जिनियर बृधन यादव र सब-इन्जिनियर शिवराज राई, तत्कालीन लेखा अधिकृत भुवनप्रसाद आचार्य र तत्कालीन लेखापाल सुरेशकुमार श्रेष्ठ, कृष्ण उच्च माध्यमिक विद्यालय टेम्माका तत्कालीन प्रधानाध्यापक खेमराज मगर, विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम राई र हरिनारायण राई साथै भवन निर्माण गर्ने व्यक्ति जयप्रसाद राईलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।
उनीहरूमाथि २५ लाख ५० हजार बिगो मागदाबी गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij