Logo

Jun 07 2025 | २०८२, जेठ २४ गते

Jun 07 2025 | २०८२, जेठ २४ गते

तीन सहसचिवको सरुवा !

तीन सहसचिवको सरुवा !

  • काठमाडौं । सरकारले तीन सहसचिवको सरुवा गरेको छ । जेठ १९ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक सेवातर्फका २ जना र शिक्षा सेवातर्फका एक जना गरेर ३ जना सहसचिवको सरुवा गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको हो ।

    images
    images
    images

    सरुवा सूचीअनुसार सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका राम पराजुली र शंकर बुढाथोकी शहरी विकास मन्त्रालय तथा मन्त्रालयअन्तर्गत सरुवा भएका छन् । उनीहरु दुबै नेपाल इन्जिनियरिङ सेवाको सिभिल समूहतर्फ जनरल उपसमूहका कर्मचारी हुन् ।

    images

    यस्तै प्रदेश प्रमुखको कार्यालय मधेश प्रदेशमा कार्यरत नेपाल शिक्षक सेवाका सहसचिव रुद्रप्रसाद अधिकारीको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij