Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

देउवाको फोनले प्रचण्ड चकित !

देउवाको फोनले प्रचण्ड चकित !

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्दाका सन्दर्भमा फोन संवाद भएको छ । प्रचण्डका अनुसार, नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपालविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि देउवाले फोन गरेर सोधपुछ गरेका थिए ।

    onlinepatrika
    Arghakhachi

    'देउवाजीले हिजो फोन गर्नुभएको थियो,' प्रचण्डले भने, 'माधव नेपालमाथि जुन मुद्दा दर्ता भयो, त्यो विषयमा के भएको हो भनेर सोध्दै हुनुहुन्थ्यो । उहाँले सोधेपछि म आफैँ आश्चर्यमा परेँ ।'

    AGNI GROUP

    'मैले चाहिँ ‘तपाईंलाई पो थाहा हुनुपर्छ’ भनेँ । उहाँलाई पनि थाहा नभएको बुझेँ', प्रचण्डले शुक्रबार भने, 'देउवासँग सल्लाहमा मुद्दा दर्ता भएको होइन रहेछ भन्ने मैले बुझेँ ।' 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले हदबन्दी छुटमा पाएको सरकारी जग्गा अपचलन प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध विशेष अदालतमा बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij