
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज २ सय ९३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ५ सय १० पिसिआर परिक्षणका क्रममा २ सय ४१ जना र २ हजार १ सय १६ एन्टीजेन परिक्षणका क्रममा ५२ जनामा कोभिड संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २२ हजार ७ सय ५६ पुगेको छ । त्यस्तै कोभिडका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ८१ जनाको कोभिडका कारण मृत्यु भएको छ ।
त्यस्तै थप २ सय ६३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ९ हजार ९ सय २२ संक्रमित निको भएका छन् । हाल नेपालमा ५ हजार १ सय ६१ सक्रिय संक्रमित आइशोलेशन र ९९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij