
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । सरकारले यही पुस अन्तिमदेखि कोभिड–१९ विरुद्ध ‘बुस्टर डोज’ खोप दिने तयारी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाका अनुसार विश्व स्वास्थ्य संगठनको अनुमति लिएर कोभिड–१९ को पूर्ण खोप लगाएको तीन महिना पूरा भएकालाई बुस्टर डोज दिन मन्त्रिपरिषद्बाट निर्णय भइसकेको छ ।
बुस्टर डोज पहिलो चरणमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई लगाइने र क्रमशः वृद्धवृद्धा, बालबालिका हुँदै सबै नागरिकलाई लगाइने मन्त्री खतिवडाको भनाइ छ ।
नेपालमा पुस ७ गतेसम्म ४९.१ प्रतिशतले पूर्ण डोज र ६२.५ प्रतिशतले एक डोज खोप लगाएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । डब्ल्लुएचआले खोप लगाउने जनसंख्यो ५० प्रतिशतलाई पूर्ण खोप लगाइसकेपछि बुस्टर डोज सुरु गर्न सुझाव दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij