Logo

Jul 01 2025 | २०८२, असार १७ गते

Jul 01 2025 | २०८२, असार १७ गते

रोनाल्डोले जिते गोल्डेन फुट अवार्ड

रोनाल्डोले जिते गोल्डेन फुट अवार्ड

  • एजेन्सी । पोर्चुगिज फरवार्ड क्रिस्टियानोले सन् २०२० को गोल्डेन फुट अवार्ड जितेका छन् । यसँगै रोनाल्डो यो अवार्ड हात पार्ने पहिलो पोर्चुगिज खेलाडी बनेका छन् ।

    images
    images
    images

    रोनाल्डोले यो अवार्ड गत डिसेम्वर १ मा प्राप्त गरेपनि आइतबार राति ग्रहण गरेका हुन् । इटालियन क्लब युभेन्टसका ३५ वर्षीय रोनाल्डोले लियोनेल मेस्सी, रोबर्ट लेवान्डोस्की, जर्जियो चिलियानी, नेयमार, सर्जियो रामोस, जेरार्ड पिके, मोहम्मद सलाह र आर्टुरो भिडाललाई भोटिङमा पछि पार्दै यो अवार्ड हात पारेका हुन् ।

    images

    वल्ड च्याम्पियन्स क्लबले फुटबलमा सफल करियर बिताएका २८ वर्षभन्दा माथिको खेलाडीलाई हरेक वर्ष यो अवार्ड प्रदान गर्दै आइरहेको छ । गोल्डेन फुट अवार्डको यो १८औं संस्करण हो ।

    ‘सबै समयका सर्वश्रेष्ठ महान फुटबल महापुरुषको साथ म यो अवार्ड मोनाकोको च्याम्पियन प्रोमोनेड जित्न पाएकोमा सम्मान गर्दछु,’ रोनाल्डोले अवार्ड ग्रहणपछि तस्विरसहित इन्स्टाग्राममा लेखेका छन्, ‘म साँच्चिकै नम्र छु । मलाई मतदान गरेकोमा संसारभरिका फ्यानहरुलाई धन्यवाद दिन चहान्छु ।’

    हालसम्मको विजेता ः

    images

    रोबर्टो बाजियो (२००३), पाभेल नेभडेड, आन्द्रिय सेभचेन्को, रोनाल्डो नाजारियो, एलेसोन्द्रो डेल पिएरो, रोबर्टो कार्लोस, रोनाल्डिन्हो, फ्रान्सिस्को टोट्टी, रायन गिग्स, ज्लाटन इब्राहिमोभिच, डिडियर ड्रोग्वा, आन्द्रेस इनिएस्टा, स्यामुइल इटो, जियानलुजी बुफोन, इकर कासियास, इडिन्सन काभानी र लुका मोड्रिच

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij