Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

खेलाडीलाई लागु पदार्थ दुरुपयोग सम्बन्धिप्रशिक्षण

खेलाडीलाई लागु पदार्थ दुरुपयोग सम्बन्धिप्रशिक्षण

नेपाली खेलाडीहरूलाई लागु पदार्थ दुरुपयोग सम्बन्धि एक दिने प्रशिक्षण

  • काठमाडौं । लागु औषध प्रयोगबारे सचेतना फैलाउन नेपाली खेलाडीहरूलाई लागु पदार्थ दुरुपयोग सम्बन्धि एक दिने प्रशिक्षण दिइएको छ ।
    संयुक्त राष्ट्र संघ लागु औषधनियन्त्रण कार्यक्रमले लागु पदार्थको रोकथाम खेलकुद र खेलाडी मार्फत गर्नुपर्ने मान्यता राख्ने गर्दछ ।खेलाडीहरूसँग नै यसविरुद्ध लड्ने ठूलो साहश र शक्तिहुने भएकाले उनीहरूलाई यसको रोकथामका लागि अगाडि सारिँदै आएको छ ।

    images
    images
    images

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) र लागु पदार्थ तथा एड्सविरुद्ध नेपाल खेलकुद महासंघको संयुक्त आयोजना सातदोबाटो स्थितअन्तर्राष्ट्रिय खेलकुद परिसरको ओडिटोरियम हलमा आयोजित कार्यक्रममा बुधबार एक दिने प्रशिक्षणआयोजना गरेको हो । नेपालमाअसार १२ गते लागु औषधविरुद्धअन्तर्राष्ट्रियदिवस मनाइँदै छ ।

    images

    सोहीअवसरमा यसको रोकथामबारे अभियान चलाउने उद्देश्यअनुरूप उक्तकार्यक्रम गरिएको एड्सविरुद्ध खेलकुद महासंघका अध्यक्ष ऋषिराज ओझाले जानकारी दिए । उक्त कार्यक्रममा करिब दुई सय जना सहभागीभएको ओझाले जानकारी दिए । लागु पदार्थ दुरुपयोग सम्बन्धि प्रशिक्षणमा न्यार्कोटिक भित्र एन्टीडोपिङ पनि समावेश गरिएको छ ।

    राष्ट्रिय टिमतयारीको विशेष प्रशिक्षणमा रहेका विभिन्न खेलका खेलाडी, प्रशिक्षक र खेल पदाधिकारीलाई एन्टिडोपिङका बारेमा प्रशिक्षण दिइएको हो । यस प्रशिक्षणमा लागुऔष सेवनले कस्तो असर पर्छ र यसको रोकथामका लागि खेलाडीको कस्तो भूमिका रहन सक्छ आदि विषयबारे कक्षा सहित विभिन्न वक्ताले धारणा राखेका थिए ।

    उक्त कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, ओलम्पियन तथा धाविका सन्तोषी श्रेष्ठ, युएन ओडीसीका हेड अलिरिच मैइजर र नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा लगायतले धारणा राखेका थिए । उक्त कार्यक्रममा सदस्य सचिव घिसिङले भने एन्टीडोपिङका बारेमा सबै खेलाडीले बुझ्नु जरुरी रहेको र यसको सेवनले खेलाडीको खेलजीवनै समाप्त हुनबारे धारणा राखेका थिए । त्यसैले हरेक खेलाडीले यस विषयमा सचेत हुनु पर्ने र यस्ता कार्यक्रम खेलाडीका लागि निकै फलदायी हुने उनको भनाइ थियो ।

    images

    साथै उक्त प्रशिक्षणमा एन्टिडोपिङ भनेको के हो ? यसको सेवनले के हुन्छ ? कस्तो अवस्थामा यसको चेक जाँच हुन्छ ? यसले खेलाडीको जीवनमा कस्तो प्रभाव पार्छ र आम सर्वसाधरण जन्तालाई एन्टीडोपिङ बारेमा बुझाउन खेलाडीको कस्तो भूमिका रहन सक्छ आदि विषयबारे प्रशिक्षण कक्षा सहित विभिन्न वक्ताले धारणा पनि राखेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij