Logo

Aug 24 2025 | २०८२, भदौ ८ गते

Aug 24 2025 | २०८२, भदौ ८ गते

सन्यासको घोषणा

भारतीय क्रिकेटर पुजाराको सबै प्रकारका क्रिकेटबाट सन्यासको घोषणा

भारतीय क्रिकेटर पुजाराको सबै प्रकारका क्रिकेटबाट सन्यासको घोषणा

  • काठमाडौँ । भारतीय क्रिकेटर चेतेश्वर पुजाराले सबै प्रकारका क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

    images
    images
    images

    ३७ वर्षीय पुजाराले आइतबार सबै प्रकारका क्रिकेटबाट सन्यास लिएको जानकारी दिएका हुन् । पुजाराले लेखेका छन्- 'भारतीय जर्सी लगाउने, राष्ट्रिय गान गाउने र मैदानमा पाइला टेक्दा हरेक पटक आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने - यसलाई शब्दमा व्यक्त गर्न गाह्रो छ ।

    images

    तर भनिन्छ, सबै राम्रा कुराहरूको अन्त्य हुन्छ र मैले सबै प्रकारका भारतीय क्रिकेटबाट सन्यास लिने निर्णय गरेको छु । '२०१० मा भारतीय क्रिकेट टोलीमा डेब्यू गरेका चेतेश्वर पुजाराले १०३ टेस्ट खेलमा ७१९५ रन बनाएका छन्, जसमा १९ शतक र ३५ अर्धशतक समावेश छन् ।

    उनको व्यक्तिगत उत्कृष्ट स्कोर २०६ अविजित रहेको छ । गुजरातको राजकोटमा जन्मिएका शान्त र कोमल चेतेश्वरका बुबा र प्रशिक्षक अरविन्द पुजारा पूर्व रणजी ट्रफी खेलाडी हुन् । सुरुदेखि नै, चेतेश्वर आफ्नो लामो इनिङ र धैर्यका लागि परिचित छन् ।

    पुजाराले अण्डर-१४ मा इङ्गल्याण्ड विरुद्ध तेहेरो शतक र अण्डर-१९ मा दोहोरो शतक बनाएका थिए । उनले डेल स्टेन, भेरोन फिलान्डर, मोर्ने मोर्केल र ज्याक कालिस जस्ता बलरहरूको सामना गरेर टेस्ट क्रिकेटमा अलग छबि बनाएका थिए । २०१८-१९ मा भारतले अष्ट्रेलियामा ४ टेस्ट शृङ्खला जित्यो । यस ऐतिहासिक जितमा पुजाराले १२५८ बल खेले र ३ शतक बनाए र उनी म्यान अफ द सिरिज बनेका थिए ।

    images

    २०२० पछि, चेतेश्वर पुजाराको खराब फर्म सुरु भयो र २०२० देखि २०२३ सम्म उनले केवल एक शतक बनाउन सके । यस अवधिमा उनको औसत ३० भन्दा कम थियो । पुजाराले आफ्नो अन्तिम टेस्ट खेल जुन २०२३ मा अष्ट्रेलिया विरुद्ध विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा खेलेका थिए । त्यसपछि उनी टिममा परेका थिएनन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij