
Aug 24 2025 | २०८२, भदौ ८ गते
काठमाडौँ । अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ४३२ रनको विशाल लक्ष्य दिएको छ ।
जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ४३२ रनको लक्ष्य दिएको हो । विशाल लक्ष्य दिने क्रममा टस जितेर पहिला ब्याटिंग गर्दै अस्ट्रेलियाले ५० ओभरमा २ विकेट गुमाउदै ४२९ रन बनाएका हुन् ।
यस क्रममा अस्ट्रेलियाका तीन खेलाडीले शतक प्रहार गरेका थिए । जसमा ट्राभिस हेडले १४२, क्यामरुन ग्रीनले अविजित ११८ र कप्तान मिचेल मार्शले १०० रन बना थिए ।
त्यस्तै एलेक्स केरीले अविजित ५० रनको अर्धशतकीय पारी खेलेका थिए । त्यसैगरि दक्षिण अफ्रिकी बलर केशभ महाराज र सेनुरान मुथु स्वामीले एक एक विकेट लिएका थिए ।
यो तीन खेलको सिरिज भने यस अघि नै दक्षिण अफ्रिकाले २ खेलमा अस्ट्रेलियालाई पराजित गरेर जितिसकेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij