Logo

Aug 25 2025 | २०८२, भदौ ९ गते

Aug 25 2025 | २०८२, भदौ ९ गते

चिनियाँ कम्पनी एभरग्रान्डे सेयर बजारबाट आउट

चिनियाँ कम्पनी एभरग्रान्डे सेयर बजारबाट आउट

  • काठमाडौं । चीनको डेभलपर कम्पनी एभरग्रान्डे सेयर बजार सूचीकरणबाट हटेको  छ । कारोबार सुरु भएको डेढ दशकभन्दा लामो समयपछि हङकङको शेयर बजारबाट कम्पनीको शेयरलाई सूचीकरणबाट हटाइएको हो । कुनै समय यो कम्पनी चीनको सबैभन्दा ठुलो प्रोपर्टी कम्पनी थियो । यसको शेयर पुँजीकरण ५० अर्ब डलरभन्दा माथिसम्म उक्लिएको थियो ।

    images
    images
    images

    कम्पनीले ठुलो मात्रामा कर्जा उठाएर प्रोपर्टी बजारमा लगानी गरिरहेको थियो । तर, एउटा समय यस्तो आयो कम्पनीले यो भारी थेग्नै सकेन र एभरग्रान्डे अचानक धराशायी भयो ।

    images

    कम्पनीको नियतिमा डिलिष्टिङ ‘टार्नै नसकिने’ र ‘अन्तिम’ चरण रहेको विज्ञहरू भन्छन् । ‘एक पटक सूचीकरणबाट हटेपछि फर्केर आउने कुनै सम्भावना छैन,’ अनुसन्धानधाता कम्पनी यूरोशिया ग्रुपका चीन निर्देशन दान वाङले भने । एभरग्रान्डेको पतनपछि चीनको घरजग्गा बजार यसरी धरमरायो कि यसले सारा अर्थतन्त्रलाई नै तरङ्गित पारिदियो । 

    केही वर्ष अघिसम्म पनि एभरग्रान्डे चीनको आर्थिक चमत्कारको चम्किलो उदाहरणका रूपमा रहेको थियो । यसका संस्थापक तथा अध्यक्ष हुई का यान फोर्ब्सको २०१७ को सबैभन्दा धनी व्यक्तिको सूचीमा परेका थिए । २०१७ मा उनको सम्पत्ति ४५ अर्ब डलर थियो  । अहिले यो घटेर १ अर्ब डलरभन्दा तल झरेको छ । 

    २०२४ को मार्चमा कम्पनीको आम्दानी ७८ अर्ब बढी देखाएको मामिलामा हुईलाई ६५ लाख डलर जरिवाना तिराइएको थियो भने उनलाई चीनको पूँजी बजारमा जीवनभरका लागि प्रतिबन्ध लगाइएको थियो । कम्पनी धराशायी हुनुअघि चीनका २८० सहरमा कम्पनीले १ हजार ३०० परियोजनामा काम गरिरहेको थियो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij