Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

२०२२ कोभिड–१९ अन्त्य वर्ष हुनुपर्छः डब्लुएचओ

२०२२ कोभिड–१९ अन्त्य वर्ष हुनुपर्छः डब्लुएचओ

  • काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार विश्वलाई आगामी वर्ष भित्रमा कोभिड–१९ को महामारी अन्त्य गर्न एकजुट हुन आह्वान गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    संयुक्त राष्ट्रसंघ स्वास्थ्य एजेन्सीले भनेको छ ‘२०२२ हामीले महामारीको अन्त्य गर्ने वर्ष हुनुपर्छ ।’
    वर्षको अन्त्यमा चाडपर्वहरू आउँदै गर्दा, ‘हामी सबै सामान्य परिवेशमा फर्कन चाहन्छौँ,’ डब्ल्यूएचओले भन्यो, ‘हामीले अब आफूलाई जोगाउन आवश्यक छ । अहिले भिडभाड गरेर रमाइलो मनाएर पछि शोक गर्नुभन्दा अहिले नै कार्यक्रम रद्द गरेर ढिलो मनाउनु राम्रो हो ।’

    AGNI GROUP

    ओमिक्रोन भेरियन्ट पहिलो पटक दक्षिण अफ्रिकामा फेला परेदेखि, यो दर्जनौं देशहरूमा फेला परेको छ र नयाँ संस्करण डेल्टा भेरियन्ट भन्दा बढी गम्भीर छैन तर सम्भवतः बढी संक्रामक र प्रतिरोधात्मक भने अवश्य छ ।

    खोपको पहुँचमा असमानताको बारेमा, डब्ल्यूएचओले टिप्पणी  गरेको छ, ‘यदि हामीले आगामी वर्षमा महामारीको अन्त्य गर्ने हो भने हामीले अहिले नै असमानता अन्त्य गर्नुपर्छ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij