
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडैँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विगत दुई सातामा युएईमा मात्र थप आठ नेपालीको मृत्यु भएको छ भने यो साता मलेसियामा एक र केन्यामा एक नेपालीको मृत्यु भएको हो ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका हालसम्म विदेशमा ५२ हजार १५७ जनामा कोभिड–१९ संक्रमण देखिएको छ । तीमध्ये ४९ देशका ४९ हजार ११० नेपाली कोरोना संक्रमणबाट मुक्त भएका छन् । यो कूल संक्रमितको ९४ प्रतिशत रहेको हो । विश्वका विभिन्न २१ मुलुकमा रहेका सङ्ख्या ३१२ जनाको कोरोना संक्रमणका कारणले निधन भएको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए । उनका अनुसार यो साता मलेसिया, भारत, कतार, युएई, नाइजेरिया, साउथअफ्रिका, क्यानाडा, अष्ट्रिया, जापान र दक्षिण कोरियामा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij