Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि १३ जनाले निवेदन दिएका छन् । उपकुलपति डा. ज्ञानेन्द्र गिरीको पदावधि सकिएसँगै नयाँ नियुक्तिका लागि उनीहरू प्रतिस्पर्धी देखिएका हुन् ।
बीपी प्रतिष्ठान धरानको उपकुलपतिका लागि पूर्वस्वास्थ्य सचिव रोशन पोखरेलदेखि पदावधि सकिएका ज्ञानेन्द्र गिरीसम्मको निवेदन परेको छ । सिफारिस समितिले सार्वजनिक गरेको नाम अनुसार रेक्टर प्राडा सञ्जीवकुमार शर्मा, पूर्व मेडिकल डाइरेक्टर प्राडा गौरीशङ्कर शाह, पूर्व कामु उपकुलपति प्राडा प्रह्लाद कार्की आकांक्षी छ्न् ।
त्यस्तै प्रतिष्ठानकै नाक कान घाँटी रोग विभाग प्रमुख प्राडा संगितासिंह भण्डारी, हाड जोर्नी विभागका प्राडा पशुपति चौधरी, प्राडा कृष्णकुमार राई, विराट मेडिकल कलेजका सर्जन प्राडा रोहितप्रसाद यादव, पूर्वरेक्टर प्राडा विक्रमप्रसाद श्रेष्ठ, प्राडा विष्णुप्रसाद शर्मा, मुटु रोग विशेषज्ञ डा. रामेश कोइराला तथा कोशी अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा.लक्ष्मीनारायण यादवले आवेदन दिएका छन् ।
कोशी र मधेशका केही जिल्लासमेत सेवा क्षेत्र रहेको यस अस्पतालमा दैनिक २५ सय जनाभन्दा बढी ओपीडीमा बिरामी आउने गरेका छन् । शिक्षण अस्पताल समेत रहेको यो प्रतिष्ठान दक्षिण एसियामै प्रसिद्ध छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij