Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

विप्लव र ओलीको एकैदिन `बर्थ डे´ !

विप्लव र ओलीको एकैदिन `बर्थ डे´ !

  • ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिवन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवको आज एकै दिन जन्मदिन परेको छ । ओलीलाई बिहानैदेखि सामाजिक सञ्जाल मार्फत बधाइ एवं शुभकामनाको ओइरो लागेको छ । 

    images
    images
    images

    यस्तै प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का महासचिव ‘विप्लव’ को आज जन्मदिन परेपछि सामाजिक सञ्जाल मार्फत उनले बधाइ एवं शुभकामना पाइरहेका छन् । सरकारले विप्लव नेतृत्वको दललाई विप्लव समूह भन्दै प्रतिवन्धित गरेपछि उनी पछिल्लो समय भूमिगत रहेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव)समुहसँग सरकारले वार्ता गर्ने तयारी गरिरहेको छ । विप्लव नेतृत्वको नेकपाले शनिबार एक विज्ञप्ति निकालेर महासचिव विप्लव आफैं वार्ताका लागि सकारात्मक रहेको जनाएका हुन् । विप्लवले त्यसका लागि आमजनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्था हुनुपर्ने सर्त राखेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij