
Jun 09 2025 | २०८२, जेठ २६ गते
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरण त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ९ दिनयता उपचार जारी छ ।
पुरानो रोग दम बढेपछि जेठ १८ गते शिक्षण अस्पताल महाराजगन्जको आईसीयूमा भर्ना भएका वैद्यको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।
वैशाख २९ गते दिवङ्गत आमाको अन्तिम कार्य सकेर काठमाडौं फर्किने क्रममा नै महासचिव वैद्यको स्वास्थ्य अवस्था कमजोर रहेको बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij