Logo

Jun 09 2025 | २०८२, जेठ २६ गते

Jun 09 2025 | २०८२, जेठ २६ गते

प्रिन्स पटेल बने ‘माइलेज च्याम्पियन’ को विजेता

प्रिन्स पटेल बने ‘माइलेज च्याम्पियन’ को विजेता

  • काठमाडौं । रिशव इम्पेक्सले वीरगञ्जको बौहरवा भाटीमा आयोजना गरेको ‘माइलेज च्याम्पियन २०२५’ प्रिन्स पटेलले जितेका छन् ।सवारीसाधनमार्फत इन्धनको अधिकतम उपयोग र दक्षता प्रदर्शन गर्ने उद्देश्यले आयोजित प्रयोगितामा पटेल विजेता बनेका हुन् ।

    images
    images
    images

    प्रतियोगितामा ७० जनाले सहभागिता जनाएका थिए । सहभागीहरूले उनीहरूलाई उपलब्ध गराइएको एक लिटर पेट्रोलले अधिकतम दूरी तय गर्नुपर्ने थियो ।

    images

    प्रतियोगितामा विजेता बनेका पटेलले एक लिटर पेट्रोलमा ९२ किलोमिटर दूरी पार गर्दै पहिलो स्थान हासिल गरेका हुन् ।

    यस्तै, उपविजेता हिराल मुखियाले ८७ किलोमिटर दूरी तय गरेका थिए भने सञ्जितकुमार गुप्ताले ७२ किलोमिटरको माइलेज तय गर्दै तेस्रो बन्न सफल भए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij