
Jun 09 2025 | २०८२, जेठ २६ गते
काठमाडौं । बेलायतमा बसोबास गरी डिजिटल मिडियामा क्रियाशील सञ्चारकर्मीहरूले नेपाली मिडिया सोसाइटी युके गठन गरेका छन् ।
समय र बढदो आधुनिकतासँगै डिजिटल मिडियाको प्रभाव क्रमशस् बढेर गइरहेको सन्दर्भमा सञ्चार कर्ममा अझ विश्वसनीय, जिम्मेवार र व्यवसायिक बनाउनुपर्ने आवश्यकतासहित आइतबार लन्डनको हेरोमा एक भेला गरी कमिटी बनाइएको हो ।
किरण राईको अध्यक्षमा गठित समिति उपाध्यक्षमा सरोजजंग थापा र विनोद राई, महासचिवमा तेजकुमार माबो र कोषाध्यक्षमा रञ्जीत राई चयन भएका छन् । उदय राई, निरन क्षेत्री, रोशन लिम्बू, नविना राई र सुमन लिम्बू सदस्य छन् ।
सल्लाहकारमा जसराज चेम्जोङ र गंगा रानालाई राखिएको छ ।
बेलायतमा नेपाली बसोबासी बढ्दै गएको अवस्थामा डिजिटल मिडियालगायत माध्यमबाट नेपाली भाषा, धर्म, संस्कार संस्कृति र मातृ देशसँग जोड्ने उद्देश्यसहित सामाजिक दायित्व पूरा गर्ने लक्ष्यसहित संगठित भएको अध्यक्ष किरण राईले बताए ।
सोसाइटीले यसै वर्ष अधिवेशन गर्ने लक्ष्य राखेको छ । गैरनाफामूलक कम्पनीका रूपमा दर्ता गरी संस्थालाई गतिशील र चलायनमान बनाउन तत्कालै विधान र कार्ययोजना बनाउने निर्णय गरिएको छ । व्यवसायिक र निष्पक्ष पत्रकारिताका लागि आफ्नै आचारसंहिता बनाई जिम्मेवार र अनुशासित ढंगले जाने राई बताउँछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij