
Aug 01 2025 | २०८२, साउन १६ गते
काठमाडौं । रुसमा लगातार दोस्रो दिन पनि भूकम्प गएको छ । बिहीबार बिहान रुसको पूर्वी क्षेत्रको कुरिल टापुहरूमा गएको यस भूकम्पको तीव्रता ६.५ थियो ।
राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार यो भूकम्प नेपाली समय अनुसार बिहान सवा ११ बजे रेकर्ड गरिएको थियो । यसको गहिराई केवल १० किलोमिटर थियो ।
यसअघि बुधबार कुरिल टापु नजिकैको समुद्रमा ८.८ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो। यो अहिलेसम्म रेकर्ड गरिएको छैटौं सबैभन्दा शक्तिशाली भूकम्प हो । यद्यपि, अहिलेसम्म कुनै पनि हताहतको समाचार आएको छैन ।
८.८ म्याग्निच्युडको भूकम्पपछि सुनामीका छालहरू रूस, जापान, चीन र अमेरिकासम्म पुगे । रूसमा यी छालहरू ४ मिटर अग्ला थिए भने अमेरिकामा १ मिटरसम्म अग्ला थिए ।
हिजो कुरिलमा पनि ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । यसबाहेक कामचटकामा भूकम्पपछि ज्वालामुखी पनि विस्फोट भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij