Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘टोल टोलमा फिल्म महोत्सव’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि महानगरपालिकाले इच्छुक सामुदायिक संघसंस्थाबाट प्रस्ताव आह्वान गरेको छ।
महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले सूचना जारी गर्दै सामाजिक तथा सांस्कृतिक गतिविधिमा संलग्न गैरनाफामूलक संघसंस्था, युवा क्लब, सामुदायिक संस्था, टोल विकास समिति तथा सांस्कृतिक समूहलाई महोत्सव सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी दिन प्रस्ताव मागेको जनाएको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij