
Aug 01 2025 | २०८२, साउन १६ गते
काठमाडौं । सर्लाहीको भरत तालमा मृत भेटिएकी किशोरीको पहिचान खुलेको छ।
बुधबार मध्यान्हमा बागमती नगरपालिका-१२ स्थित भरत तालमा मृत फेला परेकी किशोरीको पहिचान खुलेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्र अधिकारीले जानकारी दिए।
उनका अनुसार मृतक बलरा नगरपालिका-४ बरालगोठकी २० वर्षीया विकुकुमारी सहनी हुन्। उनको शव बुधबार तालमा डुकिरहेको अवस्थामा फेला परेको थियो। शव फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानको क्रममा उनी घरमा बिहान झगडा गरी हिँडेको खुलेको हो।
प्रहरी निरीक्षक अधिकारीका अनुसार आमासँग झगडा भएपछि उनी घरबाट हिँडेकी हुन्। ‘घरतिरको सिसिटिभी फुटेज पनि हेर्यौं। एक्लै हिँडेको देखियो। शंकास्पद देखिएन,’ उनले भने।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij