
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । संसारभरिका वैज्ञानिकहरू मंगल ग्रहको जीवनको अनुसन्धानमा संलग्न छन् । यसैक्रममा नासाद्वारा ३० जुलाईमा पठाइएको ‘पर्सिएभरेन्स रोभर’ १९ फेब्रुअरीमा मंगल ग्रहको जेजेरो क्रेटरमा सफल अवतरण गरेको थियो ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको पर्सिएभरेन्स रोभरले मंगल ग्रहमा सफल अवतरण गरे पछि कलर फोटो पठाएको छ । पर्सिएभरेन्स रोभरको सामाजिक सञ्जाल ट्वीटरमा २० लाख फलोअर्स छन् । सामाजिक सञ्जाल ट्वीटर मार्फत पर्सिएभरेन्स रोभरले आफू नयाँ ठाउँमा रमाई रहेको जानकारी शेयर गरेको छ । यसले दिनमा धेरै पटक आफू र आफ्ना गतिविधिबारे सामाजिक सञ्जाल ट्वीटरमा ‘स्टाटस’ पोष्ट गर्छ।
रोवरले पठाएको कलर फोटो मङ्गल ग्रहको जेजेरो क्रेटरको सतह देखिएको छ । रोवरले यो फोटो हैजर्ड क्यामेराबाट लिएको हो । सो रोवरमा दुइवटा माइक्रोफोन पनि जडान गरिएका छन्।
ट्वीटरमा यस यन्त्रमानवको आम मानिसको जस्तै रुची, क्रियाकलाप लगायतका जानकारीहरु राखेर ट्वीटर ह्यान्डल बनाइएको छ । अकाउन्टमा रूचिका रूपमा फोटोग्राफी, ढुङ्गा संग्रह गर्नु र ‘अफ रोडिङ’ लेखिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij