Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' बिच मंगलबार दिउँसो भेटवार्ता भएको छ ।
प्रचण्ड निवासमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको हो ।
प्रतिनिधिसभा निर्वाचनपछि यी दुई शीर्ष नेताबिच भएको यो पहिलो भेटवार्ता हो ।
भेटबारे जानकारी दिँदै नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले समसामयिक विषयमा कुराकानी भएको बताएका छन् । प्रवक्ता चालिसेले भने, 'हाम्रा पार्टी सभापति गगन थापा र प्रचण्डबिच भेटवार्ता भएको हो । समसामयिक विषयमा कुराकानी भएको छ ।'
भेटवार्तामा वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij