Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सङ्खुवासभामा आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन सामग्री तथा आवश्यक मतपत्र आइपुगेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फको मतपत्र आइपुगेको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय, सङ्खुवासभाका अनुसार प्रत्यक्ष र समानुपातिक तर्फ मतपत्र शनिबार दिउँसो आइपुगेको हो । प्रत्यक्ष र समानुपातिकतर्फको मतपत्र सदरमुकाम खाँदबारी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ ।
जिल्लामा प्रत्यक्षतर्फ एक लाख २९ हजार र समानुपातिकतर्फ एक लाख ३२ हजार मतपत्र आएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले बताए ।
नेपाली सेनाको सहयोगमा ल्याइएको मतपत्र मिलाएर राख्ने काम भइसकेको मुख्य निर्वाचन अधिकृत कोइरालाले बताउनुभयो । जिल्ला आइपुगेको मतपत्र रुजु गर्न समेत खटाइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij