Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विद्यालयलाई सम्पर्कमा आउन महानगरको अल्टिमेटम

विद्यालयलाई सम्पर्कमा आउन महानगरको अल्टिमेटम

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले दर्ता रहेको स्थानमा सञ्चालन नभएका विद्यालयलाई सम्पर्कमा आउन १५ दिनको अल्टिमेटम दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    महानगरको शिक्षा विभागले मंगलबार सुचना प्रकाशित गर्दै अनुमति पाई सञ्चालन भएका तर हाल स्थलगत रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूलाई १५ दिन भित्र सम्पर्कमा आउन अल्टिमेटम दिएको हो । महानगरले सम्पर्कमा नआउने विद्यालयको अनुमति खारेजीको प्रक्रिया अगाडी बढाउने बताएको छ ।

    AGNI GROUP

    महानगरपालिकाको शिक्षा विभागबाट विभिन्न समयमा भएको स्थलगत अनुगमनका क्रममा अनुमति लिएका १०७ विद्यालयहरू स्थलगत रूपमा सञ्चालनमा नरहेको पाइएको शिक्षा विभागले जनाएको छ । सम्पर्कमा नआएका विद्यालयहरुलाई काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ दफा १३ (ट) बमोजिम विद्यालय बन्दका लागि कार्यपालिकामा सिफारिस गरिने उल्लेख गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट