Jun 13 2026 | २०८३, जेठ ३० गते
काठमाडौँ । अर्थ मन्त्रालयले सहुलियत कर्जामा ब्याज अनुदानबापतको ९ अर्ब ८० करोड रुपैयाँ निकासा गरेको छ ।
शनिबार अर्थमन्त्री रामेश्वर खनालको मन्त्रीस्तरिय निर्णयबाट उक्त रकम निकासा गरिएको हो । लामो समयदेखि ब्याज अनुदानको रकम नपाउँदा बैंक तथा वित्तीय संस्थाले सहुलियत ब्याजको नयाँ कर्जा प्रवाह गरेका थिएनन् भने नागरिकले पनि महँगो ब्याज तिर्नु परिरहेको थियो ।
अर्थ मन्त्रालयले भनेको छ- 'आर्थिक वर्ष ०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रममा सहुलियतपूर्ण कर्जा ब्याज अनुदान प्रयोजनका लागि दोस्रो त्रैमासिक अवधिमा विनियोजित कार्यक्रम संशोधनमार्फत प्रथम त्रैमासिक कायम गरी विगत सात वटा त्रैमासिकमा उपलब्ध गराइएको कर्जाको ब्याज अनुदान राष्ट्र बैंकलाई शोधभर्ना उपलब्ध गराउने अर्थमन्त्रीस्तरको निर्णयअनुसार ९ अर्ब ८० करोड निकासा गरिएको छ ।'
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij