Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

भिसा नलागेपछि राष्ट्रिय क्रिकेट टिमको युएई यात्रा प्रभावित

भिसा नलागेपछि राष्ट्रिय क्रिकेट टिमको युएई यात्रा प्रभावित

  • काठमाडौँ । नेपाली क्रिकेट खेलाडीको भिसा नलागेपछि युएई जाने यात्रा रोकिएको छ । युएईले नेपालीका लागि भिसा रोकेपछि यसबाट क्रिकेटर समेत प्रभावित भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    युएईको शारजहामा हुने वेस्ट इन्डिजविरुद्धको खेल खेल्न जाने शुक्रबारको तालिका भएपनि भिसा नलागेपछि खेलाडीहरु रोकिएका हुन् । नेपालले सेप्टेम्बर २७ देखि वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्ने तालिका रहेको छ । 

    AGNI GROUP

    क्यानले भिसाको पहल गरिरहेको र सोमबारसम्म खेलाडीलाई युएईतर्फ पठाउने तयारी भएको बुझिएको छ । 

    नेपालमा भएको जेनजी आन्दोलनपछि युएईले कुनै सुचना जारी नगरेर नेपाली नागरिकलाई भिजिट भिसा बन्द गरेको छ । 

    आन्दोलनपछि नेपालका हजारौं कैदी जेल तोडेर भागेपछि उनीहरु आउनसक्ने भन्दै सुरक्षा चुनौती देखाएर भिसा बन्द गरेको बताइएको छ । यद्यपी युएईले यस बारेमा अहिलेसम्म स्पष्ट जानकारी दिएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij