Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी र बार्सिलोनाको विजयी सुरूवात

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी र बार्सिलोनाको विजयी सुरूवात

  • काठमाडौं । युरोपेली च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी र बार्सिलोनाले विजयी सुरूवात गरेका छन् । गएराति सिटीले नापोलीलाई २-० गोल र बार्सिलोनाले न्यूकासललाई २-१ गोलले पराजित गर्दै लिगमा विजयी सुरूवात गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    सिटीको जितमा अर्लिङ हालान्ड र जेरेमी डोकुले एक-एक गोल गरे । २१ मिनेटमा जियोभानी डि लोरेन्जो रातो कार्ड खाँदै बाहिरिएपछि नापोली १० खेलाडीमा समेटिएको थियो । यद्यपी पहिलो हाफमा दुवैतर्फबाट गोल हुन सकेन ।

    AGNI GROUP

    दोस्रो हाफको ५६ मिनेटमा हालान्डले गोल गरी सिटीलाई सुरूवाती अग्रता दिलाए । ६५ मिनेटमा डोकुलेय गरेको गोल निर्णायक बन्दा सिटीले उत्साहजनक सुरूवात गरेको थियो ।

    बार्सिलोनाको जितमा दुवै गोलल मार्कस रासफोर्डले गरे । उनले ५८ र ६७ मिनेटमा गोल गरेका थिए । ९० मिनेटमा न्यूकासलका एन्थनी गोर्डनले एक गोल फर्काएका थिए । 

    गएराति नै फ्र्यांकफर्टले गालातासारेलाई ५-१ र स्पोर्टिङले काइरतलाई ४-१ गोलले पराजित गरेको थियो । नयाँ स्वरुपको च्याम्पियन्स लिगमा ३६ टोलीले सुरुको लिगमा आठ खेलपछि शीर्ष ८ टोली अन्तिम १६ मा पुग्नेछन् ।

    आठौंदेखि २४औं स्थानसम्मका १६ टोलीले अन्तिम १६ का लागि प्लेअफ खेल्नेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij