Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

स्पेन फिफा वरियताको शिर्ष स्थानमा, नेपाल पुरानै स्थानमा

स्पेन फिफा वरियताको शिर्ष स्थानमा, नेपाल पुरानै स्थानमा

  • काठमाडौँ । नेपाल फिफा वरियतामा पुरानै स्थानमा कायम गरेको छ । फिफाले जारी गरेको नयाँ वरियतामा नेपाल १७६ औं स्थानमानै कायम गरेको हो । त्यस्तै छिमेकी मुलुक भारत ६ स्थान तल झर्दै १३४औं स्थानमा पुगेको छ ।

    onlinepatrika
    Arghakhachi

    त्यस्तै फिफा वरियतामा अर्जेन्टिना दुई स्थान तल झरेर तेस्रो स्थानमा पुगेको छ । त्यसैगरी स्पेन फिफा वरियतामा शिर्ष स्थानमा पुगेको छ भने फ्रान्स दोस्रो स्थानमा उक्लिएको छ । इङल्याण्ड चौथो स्थानमा कायम रहेको छ भने पोर्चुगलले एक स्थान सुधार गर्दै पाँचौं स्थानमा उक्लिएको छ । त्यस्तै ब्राजिल एक स्थान तल झरेर छैटौं स्थानमा पुगेको छ।

    AGNI GROUP

    त्यस्तै नेदरल्याण्डस र बेल्जियम सातौँ र आठौँ स्थानमा कायम रहेको छ भने क्रोसिया एक स्थान सुधार गर्दै नवौं र इटालीले एक स्थान सुधार गर्दै दशौँ स्थानमा रहेको छ ।

    त्यस्तै जर्मनी भने तीन स्थान तल झर्दै १२औ स्थानमा रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij