Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

उच्च अदालत पाटनमा असोज २१ गतेबाट मात्रै नियमित सुनुवाइ हुने

उच्च अदालत पाटनमा असोज २१ गतेबाट मात्रै नियमित सुनुवाइ हुने

  • काठमाडौं । उच्च अदालत पाटनको नियमित सुनुवाई आगामी असोज २१ गतेबाट मात्रै हुने भएको छ । जेनजी आन्दोलनका कारण गत भदौ २४ गतेबाट उच्च अदालत पाटनको नियमित कामकारबाही हुन सकिरहेको छैन ।

    onlinepatrika
    Arghakhachi

    उच्च अदालतकी शाखा अधिकृत पार्वती हितानले विज्ञप्ति जारी गर्दै असोज २१ गतेदेखि मात्रै नियमित पेसी हुने जानकारी दिइन् । त्यस्तै २१ गतेबाट सुरु हुने साप्ताहिक पेसीको सूची आगामी असोज ५ गते प्रकाशन हुने पेसी सूची हेर्न समेत भनिएको छ ।

    AGNI GROUP

    जेनजी आन्दोलनका कारण उच्च अदालत पाटनको भवनमा समेत क्षति पुगेको छ । जेनजी आन्दोलन उग्र बनेपछि सरकारी भवन, नेताका घर र सम्पत्तिदेखि न्यायालय समेत निशानामा परेका छन् ।

    यता आगजनी र तोडफोड भएको सर्वोच्च अदालतले आजबाट त्रिपालमा नै सुनुवाई सुरु गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij