Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु

  • काठमाडौं । जापानिज इन्सेफ्लाइटिसका कारण चितवनमा पाँच जनाको मृत्यु भएको छ । सङ्क्रमित १६ जनामध्ये उनीहरुको मृत्यु भएको हो । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो पटक भदौ २३ गते एक जनाको मृत्यु भएको थियो ।

    onlinepatrika
    Arghakhachi
    कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार मृत्यु हुनेमा राप्ती नगरपालिकाका ४२ वर्षीया महिला रहेकी छन् । जिल्लामा यसअघि मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ का ७० वर्षीय वृद्ध, कालिका नगरपालिका–५ का ८९ वर्षीय वृद्ध, राप्ती नगरपालिका–१२ की ७० वर्षीया वृद्धा र भरतपुर महानगरपालिका–१२ की ८१ वर्षीया वृद्धा रहेका थिए । उनीहरुको साउनयता मृत्यु भएको हो । गत आर्थिक वर्षमा चितवनमा देखिएका तीन जना सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको थियो ।

    जापानिज इन्सेफ्लाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका व्यक्तिमा देखिएको छ । यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो । यो लामखुट्टे घरबाहिर बस्न रुचाउने, घरबाहिर नै टोक्ने, साँझ र बिहान बढी सक्रिय हुने गर्दछ । यो लामखुट्टेले सुँगुर, बङ्गुर, हाँसजस्ता पशुपक्षीलाई टोक्यो भने सर्दछ ।

    AGNI GROUP

    धानखेतीमा समेत यस लामखुट्टेले अण्डा पारेर लार्भा बनाउने गरेको कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij