Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

जेनजी आन्दोलनमा होटल उद्योगको प्रारम्भिक क्षति २५ अर्बभन्दा बढी

जेनजी आन्दोलनमा होटल उद्योगको प्रारम्भिक क्षति २५ अर्बभन्दा बढी

  • काठमाडौँ । जेनजी आन्दोलनमा देशभरका होटल उद्योगमा ठूलो क्षति पुगेको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल होटल संघ (हान) ले दिएको प्रारम्भिक तथ्यांकअनुसार कम्तीमा २५ वटा होटल, रिसोर्ट, लज र रेष्टुरेन्टमा क्षति पुगेको छ । तोडफोड र आगजनीमा परेको सम्पत्तिको अनुमानित मूल्य २५ अर्बभन्दा बढी रहेको छ ।हानका अनुसार काठमाडौं र पोखरामा सबैभन्दा धेरै होटल व्यवसायमा क्षति पुगेको छ ।

    AGNI GROUP

    त्यसपछि भैरहवा, बुटवल, धनगढी, झापा, दाङ, बर्दिबासलगायतका क्षेत्रमा पनि होटल उद्योग प्रभावित भएका छन् । आगजनी र तोडफोडका कारण करिब २ हजारभन्दा बढी कामदार प्रत्यक्ष प्रभावित भएको अनुमान गरिएको छ ।

    हानले आगजनी भएका होटलहरु यस सिजनमा सञ्चालनमा आउन नसक्ने ठहर छ । क्षति भएका होटलमध्ये करिब ६० प्रतिशतले बीमाबाट आंशिक क्षतिपूर्ति पाउने सम्भावना रहेको हानले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij