Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

जेन जी आन्दोलन

भायानेटले माग्याे माफी

भायानेटले माग्याे माफी

  • काठमाडाैं । भायानेटले हालै इन्टरनेट र भायटिभी सेवामा आएको अवरोधका लागि ग्राहकहरूसँग माफी मागेको छ ।

    onlinepatrika
    Arghakhachi

    भदौ २४ गते साँझ करिब ४:४५ बजे प्रदर्शनका क्रममा लागेको आगलागीले थापाथलीमा रहेको सेन्ट्रल बिजनेस पार्कको चौथो तलामा रहेको कम्पनीको प्रमुख डाटा सेन्टरमा क्षति पुर्‍याएको भायानेटले जनाएको छ ।

    AGNI GROUP

    यद्यपि ब्याकअप डाटा सेन्टरहरू रहेको पनि भायानेटले जनाएको छ । यस्तो महत्वपूर्ण संरचना अचानक गुमाउँदा ती सबै ग्राहकको इन्टरनेट ट्राफिक सम्हाल्न पर्याप्त भएनन् र सेवा देशभर अवरुद्ध हुनपुगेको कम्पनीले उल्लेख गरेको छ ।

    ‘हाम्रो प्राविधिक टोली तुरुन्तै खटाइयो, तर भवन असुरक्षित भएकाले तत्काल प्रवेश गर्न सकिएन । त्यसबीचमा ब्याकअप डाटा सेन्टरमार्फत आंशिक रूपमा इन्टरनेट चलाउन सकियो । तर धेरै ग्राहक अझै प्रभावित भए । त्यतिबेला भायाटिभी सेवा अनलाइन ल्याउन सकिएन किनभने पहिलो प्राथमिकता इन्टरनेट सेवा सुचारु गर्नु थियो’, भायानेटले भनेको छ ।

    भदौ २५ गते बिहान सेना र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएपछि दिउँसो करिब १२ बजे हाम्रो प्राविधिक टोली भवनभित्र प्रवेश गर्न सक्यो। आंशिक रूपमा जलेको भवन, धुवाँ र भाँचिएका सिसामाझैँ खतरनाक अवस्थामै उनीहरूले जोखिम मोलेर आवश्यक सर्भरहरू सुरक्षित रूपमा बाहिर ल्याएर अर्को सुरक्षित डाटा सेन्टरमा पुनःस्थापना गरे ।

    भायानेटका अनुसार प्राविधिक टोलीको असाधारण प्रयासका कारण अहिले अधिकांश ग्राहकको इन्टरनेट सेवा सुचारु भइसकेको छ र आजै साँझसम्म पूर्ण क्षमतामा सेवा सञ्चालन गर्ने लक्ष्य छ । भायाटिभी सेवा पनि चाँडै सुचारु गरिने कम्पनीले जनाएको छ । ‘हामी बुझ्छौँ— यस्तो समयमा इन्टरनेट र टिभी सेवा कति जरुरी छ । यो असाधारण घटनाले हाम्रो नेटवर्कलाई अझ मजबुत बनाउन थप प्रेरणा दिएको छ’, कम्पनीले भनेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij