
Sep 08 2025 | २०८२, भदौ २३ गते
काठमाडौं । आजको आन्दोलनको प्रदर्शनका क्रममा झडप र गोली लागेर घाइते भएकाहरुलाई अस्पताल लैजाने क्रममा ५ वटा एम्बुलेन्स तोडफोड भएको नेपाल एम्बुलेन्स चालक संघले जनाएको छ ।
उनका अनुसार राष्ट्रिय ट्रमा सेन्टरको एउटा एम्बुलेन्स क्षतिग्रस्त भएको छ भने सुस्वास्थ्य नेपालको एउटा तोडफोड भएको छ ।
त्यस्तै, नेपाल एम्बुलेन्स सर्भिस १०२ नम्बरका ३ वटा साधन बानेश्वरमा आन्दोलनकारी फुटाइदिएका छन् । संघले घाइतेको उद्दार र उपचारमा संलग्न एम्बुलेन्स र चालकमाथि आक्रमण नगर्न सबैमा अपिल गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij