
Sep 08 2025 | २०८२, भदौ २३ गते
काठमाडौं । जेनजी आन्दोलनमा हालसम्म कम्तीमा ९ जनाको मृत्यु भएको छ । सिभिल अस्पतालमा ३ र ट्रमा सेन्टरमा मात्रै ६ जना प्रदर्शनकारीको मृत्यु भएको हो ।
जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूमध्ये ट्रमा सेन्टरमा ६ जनाको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ । घाइतेको संख्या सयौं भएकाले उपचारमा समस्या भएको अस्पतालले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij