
Aug 19 2025 | २०८२, भदौ ३ गते
काठमाडौं । नेपाल प्रहरीमा कार्यरत खेलाडी तथा प्रशिक्षकहरूको रासन बापतको रकम वृद्धि गरिएको छ । उनीहरूले अब यसअघि पाउँदै आएको भन्दा दुई गुणा बढी पाउने छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार, कराँते, तेक्वान्दो, जुडो, ड्रिल र पिटी प्रशिक्षक प्रशिक्षण तालिममा पोषणयुक्त डाइटका लागि शतप्रतिशत थप राशनको व्यवस्था गरिएको हो ।
प्रहरी प्रधान कार्यालयले यसका लागि बजेटसमेत विनियोजन गरिसकेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij