Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

बहुविवाहलाई कुनै पनि हालतमा मान्यता प्रदान गरिदैन: ओली

बहुविवाहलाई कुनै पनि हालतमा मान्यता प्रदान गरिदैन: ओली

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई मान्यता दिने कानुन ल्याउन लागेको हल्ला चलाएको भन्दै त्यस्तो कानुनी ल्याउन नलागेको स्पष्ट गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बहुविवाहलाई मान्यता दिनेगरी कानुन ल्याउन लागिएको हल्ला चलाइएको बताउदै बहुविवाहलाई कुनै पनि हालतमा मान्यता प्रदान नगरिने बताएका हुन्।

    AGNI GROUP

    उनले भने- 'केहि हल्लाहरु चल्ने गरेका छन्, जसको आधार छैन, तर एउटा विषय बहुत सेन्सेटिभ भएर उठेको छ, हल्ला कसले चलायो ? सरकारले थाहा पाएको छैन । मैले थाहा पाएको छैन । कहाँबाट आउँछ त्यो ? बहुविवाहलाई मान्यता दिने गरी कानुन ल्याउन लागिएको छैन र बहुविवाहलाई कुनै पनि हालतमा मान्यता प्रदान गरिने छैन ।

    उनले सामाजिक जागरण, सामाजिक न्याय, महिला हकअधिकारका लागि लडेर आएका पार्टीको सरकारले बहुविवाहलाई कानुनी मान्यता दिने हल्ला कसले चलायो भन्दै प्रश्न गरे ।

    उनले अरु पनि यस्ता हल्ला चलाइएको भन्दै आफु त्यसको पछि नलाग्ने स्पष्ट गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij