
Aug 12 2025 | २०८२, साउन २७ गते
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि र उद्योगमन्त्री सहित सम्बद्ध अधिकारीलाई तीन बुँदे निर्देशन दिएका छन् ।
मंगलबार सिंहदरबारमा कृषि मल व्यवस्थापन र उत्पादन वृद्धिबारे छलफल गर्दै तीन बुँदे निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले रासायनिक मलको आपूर्ति व्यवस्था चुस्त दुरुस्त गराउन नयाँ ढाँचा सहितको ठोस योजना ल्याउन, कम्पोष्ट र आर्ग्यानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सन्चालन तथा यसमा अनुदान नीतिको प्रस्ताव ल्याउन र माटोको उर्वरता बचाउने खालको रासायनिक मल कारखाना नेपालमै खोल्न अध्ययनको खाका ल्याउन निर्देशन दिएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij