
Apr 02 2025 | २०८१, चैत २० गते
सन् ८० को दशकमा इरान कोन्ट्रा हतियार काण्डमा फसेका बिश्वकै धनी ब्यापारी अदनान खसोगीका भतिजा हुन् उनी । त्यतिबेला काकासँग छोरी नबिलाको नाममा सँसारकै सबभन्दा बिलासी पानीडुङ्गा थियो । जो वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र इभानालाई बेचियो । न्यूयोर्कका पार्टीहरुमा यिनीहरु बेलाबखत सँगै देखिने गर्थे ।
अदनानको बुबा टर्किस डाक्टर हुनुका साथै साउदी राजा अब्दुल्लाहका निजी चिकित्सक पनि थिए । पेरिसको सडक दुर्घटनामा बेलायती युवराज्ञी डायनासँगै मारिने डोडी अल फायदकी आमा समिरा यिनै अदनानकी दिदी हुन् । लण्डनको ह्यारोड्स र पेरिसको रिट्ज कार्लटन होटेल यिनैको सम्पत्ती हो ।
जमाल पत्रकार मात्र नभई अमेरिकानिकट धनी परिवारका सदस्य पनि हुन् । यो प्रकरण अरु साधारण पत्रकारको हत्याजस्तो त्यत्तिकै सामसुम हुने कुनै सम्भावना छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij