
Jul 28 2025 | २०८२, साउन १२ गते
काठमाडौं । शिव मन्दिरको बिषयलाई लिएर थाइल्याण्ड र कम्बोडिया बिचमा बिबाद र गोली हानाहान जारी छ । तर, यसैबेला कम्बोडियावाट एउटा अर्को खबर आएको छ ।
कम्बोडियामा यतिखेर मानव बेचबिखनको मुद्दाले हाल चर्चामा आएको छ किनभने कम्बोडिया प्रहरीले मानव बेचबिखन गर्ने ठुलो गिरोहलाई पक्राउ गरेको छ ।
गत २७ जुन २०२५ देखि २२ जुलाई २०२५ सम्म कम्बोडियामा साइबर अपराध केन्द्रहरूमा छापा मारिएको थियो, जसमा ३ हजार ७५ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा १ सय ५ भारतीय र ८१ पाकिस्तानीसमेत रहेका छन् । उनीहरूको केन्द्रमा छापा मारेर ल्यापटप, मोबाइल, लागुऔषध र नक्कली प्रहरी पोशाक बरामद गरिएको कम्बोडियाको प्रहरीले जनाएको छ । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटको आदेशमा यो अपरेशनमार्फत छापा मारिएको हो ।
उनीहरुलाई केन्द्र वा कम्पनीमा जागिर दिने प्रलोभनमा पारेर कम्बोडिया, लाओस र म्यानमार जस्ता देशमा लगिन्छ । यी अफरहरू इन्स्टाग्राम, युट्युब, टेलिग्राम लगायतका सामाजिक सञ्जालहरूमा एजेन्टहरू मार्फत प्रसारित हुन्छन् । एजेन्टको जालमा फसेकाहरूलाई सिंगापुर, थाइल्याण्ड वा दुबई हुँदै कम्बोडियामा लगिन्छ ।
उनीहरुको राहदानी खोसेर साइबर अपराध केन्द्रमा थुनिन्छन र त्यसपछि पीडितहरू क्रेडिट कार्ड ठगी, क्रिप्टोकरेन्सी घोटाला, हनीट्र्याप र डिजिटल गिरफ्तारीजस्ता घोटाला गर्न बाध्य हुन्छन् । पीडितहरूले पालना नगरेमा सुरक्षा गार्डहरूले हिंसा वा यातना दिने गर्छन् ।
यो कुरा सार्बजनिक भए पछि प्रहरीले ठुलो मात्रामा देशैभरी अप्रेसन चलाएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij