Jun 29 2026 | २०८३, असार १५ गते
काठमाडौँ । स्पेनमा यस वर्षको पहिलो ग्रीष्मकालीन तातो लहर (हिटवेभ) लगत्तै मुलुकका विभिन्न भू-भागमा भीषण डढेलो फैलिएको छ । डढेलोका कारण जनजीवन प्रभावित हुनुका साथै ठुलो मात्रामा वन क्षेत्रमा क्षति पुगेको छ ।
हालसम्मको विवरणअनुसार उत्तरी प्रान्त हुस्काको ला लिटेरामा मात्रै करिब ४ हजार हेक्टर जमिन डढेलोको चपेटामा परेको छ । यसका साथै उत्तर–पश्चिमी क्षेत्र एल बिएर्जो र जारागोजा प्रान्तका विभिन्न स्थानहरूमा पनि डढेलो सक्रिय रहेको छ । कतिपय स्थानमा चट्याङका कारण डढेलो सुरु भएको पुष्टि भएको छ ।
डढेलोको जोखिम बढेपछि हुस्काबाट करिब २०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । यस्तै, बार्सिलोना नजिकैको टियाना, सान्त फोस्ट डे क्याम्पसेन्टेलेस, मार्टोरेलेस र सान्ता मारिया डे मार्टोरेलेस क्षेत्रमा डढेलो र धुवाँका कारण करिब १६ हजार बासिन्दालाई घरभित्रै रहन निर्देशन दिइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij