Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

बालेन नेतृत्व सरकार धेरै नटिक्ने प्रचण्डको दाबी

बालेन नेतृत्व सरकार धेरै नटिक्ने प्रचण्डको दाबी

  • काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार धेरै समय नटिक्ने दाबी गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सोमबार नेकपाको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले सरकारबारे विश्लेषण गरेका थिए । त्यस क्रममा उनले सरकारका काम कारबाही सही नभएको समेत बताएका थिए ।

    AGNI GROUP

    राष्ट्रियताका विषयमा, आधारभूत वर्गका विषयमा सरकारले गरेका कामहरू गलत भएकाले वामपन्थी शक्ति र अरु लोकतान्त्रिक शक्तिसँग सहकार्यको वातावरण बनाएर जानुपर्छ धारणा राखेको बैठकमा सहभागी एक नेताले बताए ।

    ती नेताका अनुसार उनले अहिलेसम्मका क्रियाकलापले सरकार धेरै समय नटिक्ने पनि दाबी गरे। ‘सरकार ठीक ढंगले गइरहेको छैन,’ प्रचण्डलाई उदृत गर्दै ती नेताले, ‘यो सरकार त्यति लामो जाँदैन।’

    उनले समसामयिक राजनीतिक विषयसँगै नेकपाको महाधिवेशनको तयारीबारे चर्चा गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij