Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

पक्राउ

प्रतिबन्धित लागू औषध सहित २ पक्राउ

प्रतिबन्धित लागू औषध सहित २ पक्राउ

  • काठमाडौँ । उदयपुरकाे त्रियुगा नगरपालिका वडा न ६ लालपत्ताबाट आइतबार लाफपता प्रहरी चाैकीले  प्रतिबन्धित लागू अैाषध सहित २ जनालाई पक्राउ गरेकाे छ ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यनलय उदयपुरले दिएकाे जानकारी अनुसार असार १४ गते प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी चेकिङ टोलीले त्रियुगा नगरपालिका ६ लालपत्ताबाट प्रतिबन्धित लागू औषध सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

    AGNI GROUP

    लहानबाट गाईघाटतर्फ आउँदै गरेको स २ प ७८७९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक त्रियुगा नगरपालिका वडा नं. ५ बस्ने २१ वर्षीय दीपक राज पोखरेल र पछाडी सवार २५ वर्षीय पुरन मगरलाई प्रतिबन्धित लागू औषध ओपिडोल ४९० क्याप्सुल र स्पास्पेन ४९० क्याप्सुल गरी जम्मा ९८० क्याप्सुल र मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो ।

    पक्राउ परेका दुबैजनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij